
उमेश राई
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादिको केन्द्रिय सदस्य राजाराम स्याङ्तानले कैलाशको सडक र बिजुली बिस्तारमा राजाराम स्याङ्तानको योगदान र साईनो जोडिएको बताएका छन ।
२०७० को सम्बिधान सभाको चुनावमा घरदैलो कार्यक्रममा हिडेर आउदा त्याहा बाटो र बिजुलिको धेरै समस्या रहेको अवस्थामा मैले मेरै प्रयासमा बाटो र बिजुली कार्यक्रम बिस्तार भएको बताउनुभयो । यस्तैगरी सम्बिधान निर्माणको क्रममा सदैब ठगिएको भुगोललाई अधिकार सम्पन्न बिकेन्द्रिकृत राज्य शक्ति प्रणाली स्थापित गराउन सहयोग गरेको र यहाकै जनताले मलाई त्यो सौभाग्य प्रदान गर्ने त्याहाका जनतालाई धन्यवाद दिदै बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आह्वान गर्दै अबको समग्र कैलाशको बिकाशको लागि बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।
गठबन्धनबाट कैलाश– ३ का चुनाव प्रचारप्रसार समितिका संयोजक देवलाल बलको सभाध्यक्षतामा भएको कार्यक्रममा ,मकवानपुर निर्बाचन क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यका उमेद्वार ईन्द्र बहादुर बानिया, नेकपा एकीकृत समाजबादी केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजाराम स्याङ्तान , कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा , नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वनयन समिती सचिब भिम पाखृन , माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ज्वाला र गठबन्धनका विभिन्न दलका नेताहरु कपिलबहादुर लामा, सन्तबहादुर प्रजा, राजेन्द्र घिसिङ, लोकबहादुर मुक्तान, पदमबहादुर तितुङ, तिलक मुक्तान, टंकबहादुर मुक्तान, खुशीलाल चेपाङ,सीता पुलामी लगायतको उपस्थिति रहेको थियो ।






