
मनहरी । पश्चिम मकवानपुरको मनहरीमा कोरियन भाषाको पढाइ हुने सस्था सञ्चालनमा आएको छ । लामो समय कोरियामा बसोबास गरि स्वदेश फर्केका राक्सिराङ–४ का किशोर कुमार ब्लोनले ूसेओजओङ ल्याङगुएज सेन्टर नामक भााषा प्रशिक्षण केन्द्र मनहरी –७ स्थित हस्पीटल रोडमा सञ्चालनमा ल्याएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि उक्त सेन्टरको उद्घाटन समेत गरेका छन । सेन्टरबाट टोपिक लेभल र इपिएसका लागि आवश्यक पर्ने भाषाका कक्षाहरु सञ्चालन हुने छ । साथै क्तगमथ ख्ष्कब र ध्यचपष्लन खष्कब मा यस सेन्टरबाट कोरिया जान सकिने छ । पछिल्लो समय बैदेशिक रोजगार तथा अध्यनका गर्न जानका लागि कोरिया युवााहरुको रोजाई रहेका छन । बिद्यार्थीहरुलदाई कोरियन नागरिकले नै भाषाको प्रशिक्षण दिने छन ।
मनहरी , राक्सिराङ र कैलााश गाँउपालिकाका युवाहरुलाई हेटौडा तथा बाहिरी जिल्लामा गई भाषा कक्षा लिनु पर्ने बध्यतालाई मध्यनजर गर्दै मनहरीमा कोरियन भाषा प्रशिक्षण केन्द्र स्थापना गरिएको सञ्चालक किशोर कुमार ब्लोनले जानकारी दिए ।