
मनहरी । मनहरी गाँउपालिका वडा नं.–२ मा निशुल्क आँखा परिक्षण शिविर हुने भएको छ । हेटौडा सामुदायिक आँखा अस्पताल , रोट्रयाक्ट अफ हेटौडा , रोटरी क्लब अफ हेटौडाको संयुक्त आयोजनमा मसिंर २१ गते बुधबार मनहरी–२ स्थित सिता माविमाको प्राङगनमा शिविर आयोजना कार्यक्रम तय भएको वडा अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।
शिविर बिहान १० बजे देखि २ बजे सम्म शिविर सञ्चालन हुने जनाएको छ । शिविरमा आँखा परिक्षणको क्रममा मोतियाबिन्दु भएकाहरुलाई निशुल्क रुपमा शल्यक्रियको व्यवस्था मिलाएको समेत वडा अध्यक्ष पाख्रिनले जानकारी दिए ।
शिविरमा सहभागि हुन वडाबासिलाई अनुरोध गरेको छ ।






