उमेश राई
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रको यस निर्बाचन क्षेत्रमा आफ्नो उमेद्वार नभएता पनि गठबन्धनलाई जिताउन सिङ्गो पार्टी लागि परेको बताउनुभयो ।हामीले किन लोकतान्त्रिक बाम गठबन्धन बनाउन आवश्यक रह्यो भन्ने बिसयमा प्रस्ट्याउदै भन्नुभयो ।
माओबादी केन्द्रका प्रदेश सचिवालय सदस्य एबम जिल्ला सम्वनन्य समिती सचिब समेत रहनुभएका पाखृनले हिजो शान्ती प्रक्रिया , सम्बिधानको सवालमा एक ठाउमै रह्यौ र शान्ती प्रक्रियाको बाकी काम र सम्बिधानको रक्षाकोलागी गणतन्त्रको रक्षाको लागि आवश्यक रहेको बताउनुभयो । त्यस्तै माओबादिकै अर्का नेता बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ज्वालाले कैलाश गाउपालिकाको बिकासको बाधक नेकपा एमाले र डोरमणि पौडेल भएको र आज फेरि त्यही पार्टिका नेता भनौदाहरु भोट माग्न तपाईं हाम्रै गाउँ घरमा आईरहेकाले तपाईं हामी सचेत हुनुपर्ने बताउनुभयो ।
१० बर्षे जनयुद्ध ,१९ दिने जनान्दोलन र हज्जारौं सहिद, बेपत्ता , घाईतेको जगमा समानुपातिक समाबेसी सम्बिधान सङ्घियता धर्मनिरिपेक्ष रास्ट्र आज पनि त्यत्तिकै धरापमा परेको र त्यो खतरा अहिले एमाले नेतृत्वको गठबन्धनबाट रहेको भन्दै सम्बिधानको रक्षार्थ ,
कैलाशको कुना कन्दराको बिकास र समग्र कैलाशको समृद्धिको लागि बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्बारलाई बिजय गराउन अपरिहार्य रहेको छ ।
गठबन्धनबाट कैलाश– ३ का चुनाव प्रचारप्रसार समितिका संयोजक देवलाल बलको सभाध्यक्षतामा भएको कार्यक्रममा ,मकवानपुर निर्बाचन क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यका उमेद्वार ईन्द्र बहादुर बानिया, नेकपा एकीकृत समाजबादी केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजाराम स्याङ्तान , कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा , नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वनयन समिती सचिब भिम पाखृन , माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ज्वाला र गठबन्धनका विभिन्न दलका नेताहरु कपिलबहादुर लामा, सन्तबहादुर प्रजा, राजेन्द्र घिसिङ, लोकबहादुर मुक्तान, पदमबहादुर तितुङ, तिलक मुक्तान, टंकबहादुर मुक्तान, खुशीलाल चेपाङ,सीता पुलामी लगायतको उपस्थिति रहेको थियो ।