समाचार

हामी गठबन्धनको उम्मेदवारलाई मतदान गर्छौ , शंका नगरौ : ज्वाला


मनहरी । नेकपा माओवादी केन्द्र  बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला) ले आगामी मसिंर ४ गते हुने निर्वाचनमा गठबन्धनको मर्म अनुसार माओवादीले मतदान गर्दै कि भन्ने कुरामा आशंक नगर्न आग्रह गरेका छन ।

शुक्रबार मनहरी– १ र २ को सयुक्त लोकतान्त्रिक बाम गठबन्धनको वडा भेलालाई सम्बोधन गर्दै ज्वालाले उक्त कुरा बताएका हुन । संबिधान रक्षा र प्रतिगमन बिरुद्ध लड्न गठबन्धनमा सहभागि माओवादीले गठबन्धनको उम्मेदवारलाई धोका दिन नसक्ने बताए बताए ।

मकवानपुर –२ को लागि प्रतिनिधि सभा र २ (क) प्रदेश सभाका लागि  माओवादी केन्द्रको तर्फबाट उम्मेदवार नभएकाले  गठबन्धनका उम्मेदवारलाई मतदान गर्दैन  भन्ने गुनासो आइरहेकाले त्यसमा  कुनै शंका नगर्न आग्रह गरेका छन ।

गत स्थानी तहको चुनावमा जे जस्ते भए पनि त्यसलाई भुलेर संबिधानको रक्षा गर्न र प्रतिगमनकारीहरुलाई परास्र्ता गरी देशलाई समृद्धको बाटो तर्फ डोहोर्याउनका लागि गठबन्धनको मर्म अनुसारनै माओवादी मतदानमा सहभागी हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।
बिरोध खतिवडा र इन्द्र बानिया हाम्रो पनि साँझा उम्मेदवार हो भनेर तल्लो तह सम्मको कार्यकर्ताले बुझेका छन । मतदानका दिन कमल र रुख चिन्हमा मतदान हुन्छ ज्वालाले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button