समाचार

“तिम्रो बुढो बिदेशमा हो “बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

हेटौंडा  । सामाजिक संजालबाट उदाएका नयाँ पुस्ता चर्चित मकवानपुरका कलाकार इन्द्रमान आत्मा उर्फ आलु दाईको तिम्रो बुढो बिदेशमा हो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

केहि समय अगाडी तिम्रो बुढो बिदेशमा हो भन्ने बोलको गीतको सानो क्लिप सामाजिक संजाल टिकटक फेसबुक लगायतमा भाइरल भएपछी आफुले गीतको म्युजिक भिडियो नै सार्वजनिक गरेको आलु दाईले बताए।

समसामयिक विषय झल्काउने खालको यो गीत शनिबार नै आलु दाई युटुब च्यानलबाट सार्वजनिक भएको हो।यस गीतमा स्वर,शब्द ,संगीत आलु दाईको रहेको छ भने ऋतु बस्नेत अमर लामा र आलु दाई लगायतले अभिनय गरेका छन् ।

आलु दाई’ नामको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियोलाई चौबिस घण्टा नबित्दै एक लाख जनाले हेरिएको र हाल सम्म दुई लाख तिस हजार जनाले हेरिसकेका छन्।

लामो समय देखि संचार क्षेत्रमा कार्यरत उनि अहिले भने सामाजिक संजालमा निकै चर्चा कमाई रहेका छन् उनले सामाजिक संजालबाट आफुले बिभिन्न मेला महोत्सवतिर गीत गाएर लिएको पारिश्रमिकबाट केहि रकम दिन दुखि अशक्त विरामीहरुलाई सहयोग गर्दै आएका छन् र अहिले सम्म उनले विभिन्न व्यक्ति र स्थानमा गरि पाच लाख भन्दा बढी सहयोग गरिसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button