समाचार

नवजागृत पुस्तकालयको ५४ औ स्थापना दिवस मनाइयो, अध्यक्षमा सुमन विष्ट


सानोबाबु मुक्तान
थाहा नगर । थाहा नगरपालिका ३ शिखरकोट स्थित नवजागृत पुस्तकालयको ५४ औ स्थापना दिवस तथा साधारण सभा सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष मधुसुदन रायमाझिको अध्यक्षतामा विहिबार स्थापना दिवस विशेष कार्यक्रम तथा साधारण सभा भएको हो । सभाबाट पुस्तकालयको नया कार्यसमिती समेत चयन गरिएको छ । जसअन्तर्गत अध्यक्षमा थाहा –३ का सुमन विष्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनोज रायमाझी, किशोर रायमाझी, इशाक केसि, अनिता बिस्ट, छमकला बिस्ट, जयन्ती रायमाझी, बिश्वनाथ रायमाझी, सम्भु अधिकारी, राजकुमार कार्की, र सुमन रायमाझी गरि ११ सदस्यीय समिती चयन भएका छन् ।
नया कार्यसमितिको पदाधिकारी भने सदस्यहरुबाटै समितिको पहिलो बैठकबाट चयन गरिने अध्यक्ष सुमन विष्टले बताए।
कार्यक्रममा जनमुखी अभियान प्रालिका अध्यक्ष अरुण रायमाझी, बजार ब्यबस्थापन समिती शिखरकोटका अध्यक्ष मनोज रायमाझी, फरक सोचका अध्यक्ष यादव जङ्ग रायमाझी, पालुङ्ग बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, तथा स्थानिय युवा विनोद केसिले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष राजेश केसिले पुस्तकालयको हालसम्मको आयब्ययको प्रस्तुत गरेमन थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button