समाचार

युवालाई सीप र रोजगारीसँग जोड्न गठबन्धन प्रतिवद्ध छ : बानियाँ

आगामी मंसिर ४ गते हुने आम निर्वाचनको तयारीको क्रममा लोकतान्त्रिक बाम गठबन्धनमा आवद्ध राक्सिराङ गाउँपालिकाका युवाहरुको भेला शनिबार मनहरीमा गरिएको छ । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन युवा संगठनहरुले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया गर्न भेला आयोजना गरिएको हो ।

भेलामा बोल्दै लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले युवा नै मुलुकको विकासको संवाहक भएको भन्दै युवाको लागि रोजगारी र सिपको व्यवस्था सुनिश्चित गर्न लोकतान्त्रिक बाम गठबन्धनको विजयी आवश्यक रहेको बताए । युवालाई साक्षरताको साथसाथै गरिखाने बनाउने काममा अब बन्ने सरकार प्रतिवद्ध हुने पनि बानियाँले बताए ।

‘युवालाई रोजगारीको व्यवस्था गर्न लामो समयदेखि पहल गर्दै आएको मध्ये म पनि एक हुँ । वर्तमान व्यवस्था, संविधान, गणतन्त्र बचाउन पनि युवाको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।’ बानियाँले भने–‘युवा भनेको मुलुकको एउटा शक्ति हो, यो शक्तिको उचित परिचालन र उनीहरुको आवश्यकता पूरा गर्न लोकतान्त्रिक बाम गठबन्धन सक्षम र प्रतिवद्ध छ ।’ बानियाँले भने । लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा सबै गाउँबासीलाई एकत्रित गर्न उनले युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य सन्तबहादुर प्रजा, कांग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button