स्थानिय

नेपाललाई दुई मैत्रीपुर्ण खेलका लागि प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण खेलका लागि ब्रुनाईले प्रस्ताव गरेको एन्फा स्रोतले जनाएको छ । अर्को महिना ब्रेनाईले आफ्नो नयाँ रंगशालाको उद्घाटन गर्देछ । सो अवसरमा ब्रुनाईले नेपाल र लाओसलाई आमन्त्रण गरेर दुई मैत्रीपुर्ण खेल खेलाउने योजना बनाएको छ ।

तीन देशलाई सहभागि गराएर ब्रुनाईले पहिलो पटक सो रंगशालामा मैत्रीपुर्ण खेलको आयोजना गर्ने योजना बनाएको छ । ब्रुनाईले गरेको प्रस्ताव अनुसार असोज पाँच र आठमा नेपालले खेल्ने तालिका रहेको छ ।

जसमा पहिलो खेलमा नेपालले लाओससँग असोज पाँचमा र ब्रुनाईसँग असोज आठमा खेल खेल्ने तालिका छ । तर यसको फाइनल हुन भने बाँकी रहेको छ ।

ब्रुनाईले मैत्रीपुर्ण खेलका लागि प्रस्ताव गरेपनि अखिल नेपाल फुटबल संघ एन्फाले भने यसको निर्णय गर्न बाँकी रहेको छ । एन्फाको कार्यसमितीले यो प्रस्तावका बारेमा निर्णय गर्नुपर्ने हुन्छ । एक साता अगाडी नै मैत्रीपुर्ण खेलको प्रस्ताव आएपनि एन्फाले अहिलेसम्म यसको निर्णय गर्न सकेको छैन ।

अब एन्फाको दोस्रो कार्यमितीको बैठक कहिले बस्ने भन्नेपनि एकिन छैन । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अझैपनि कतारमा रहेका छन भने एन्फाको कार्यसमितीको बैठकमा विवाद हुँदा आलोचित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button