समाचार

मनहरी –४ मा गाँउपालिकामै पहिलो पटक योजना सम्झौता शिविर सम्पन्न

मनहरी । मनहरी गाँउपालिका वडा नं.–४ मा योजना सम्झौता शिविर सम्पन्न भएको छ ।

शिविरमा १५ वटा योजना सम्झौता भएको छ ।

गाँउपालिकाको चालु आर्थिक वर्ष २०८०÷८१ को सिलिङ बजेटबाट निर्माण गरिएको २९ वटा योजना मध्ये सोमबार वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि १५ वटा योजना सम्झौता गरिएको मनहरी– ४ का वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

सेवा ग्राहिहरुलाई गाँउपालिका सम्म धाएर योजना सम्झौता गर्न झन्झट् हुने भन्दै वडामै योजना शिविर आयोजना गरिएको छ ।

शिविरमा गाँउपालिकाका योजना शाखाका कर्मचारी , प्राविधिकहरुको उपस्थीती रहेको थियो ।

शिविरमा सम्झौता गर्न छुटेका योजनाहरु गाँउपालिकाको कार्यालयमा पुगेर सम्झौता गर्नु पर्ने वडा अध्यक्ष थापाले जानकारी दिए ।

शिविर गाँउपालिकामै पहिलो पटक आफ्न वडामा सञ्चालन गर्न पाँउनु गर्वकोे विषय भएको वडा अध्यक्ष थापाले बताए ।

अन्य वडाको सेवाग्राहीहरुले योजनाहरु रजैया स्थित गाँउपालिकाको कार्यालयमा पुगी सम्झैता गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button