समाचार

एमाले स्खलित भएको पार्टी हो : खतिवडा


मनहरी ।  मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार विरोध खतिवडाले एमाले स्खलित भएको पार्टी   बताएका छन ।

बुधबार राक्सिराङ ५ र ८ नम्बरको संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको सभालाई सम्बोधन गर्दै एमाले स्खलित नभएको भए डोरमणी पौडेल आँफै चुनावी मैदानमा आउने बताए । बिरोध खतिवडा उठेको डरले वडा र गाउपलिकामा हारेका उम्मेदवारलाई बटुलेर चुनाव लड्न दिएको भन्दै खतिवडाले वडा तथा गाउपालिका जित्न नसक्नेले यो चुनाव जित्न नसक्ने भन्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले मकवानपुरको २ वटा संघ र ४ वटा प्रदेश गरी ६ वटै निर्वाचन क्षेत्रमा जित शुनिस्चित गरिसकेको र बिजय जुलुस निकाल्न बाँकी रहेको बताए ।
सम्बोधनकै क्रममा उनले एमालेलाई अहिले सन्नीपात ज्वरो आएको छ त्यसैले होस हराएको बेला के बोल्छ आँफैलाई थाहा नहुने भएको छ । आफुले बोलेको कुरा आँफैलाई थाहा नहुने केपी वली र केपी वलीजन एमाले जे मन लाग्यो त्यही बोल्दै हिंडेकाछन । परेवा भिरको प्रसङ्गलाई जोड्दै मुख्य मन्त्री भनौदा पौडेलले चेपाङ मरे मर्छ त्यहा बाटो बन्दैन भन्नेले अहिले बाटो बनेर गाडी सरर हिंड्ने भएपछी डाहा छटपटी भएको बताउनुभयो । उस्तै पर्‍यो भने एमालेलाई मङ्सिर ४ गतेको चुनावले अन्तरे जनतरे पार्टी बनाउने पक्का रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button