खेलकुद

एशिया कप टी २० क्रिकेट प्रतियोगिता :अफगानिस्तानद्वारा श्रीलंका पराजित


युएईमा शनिबार देखि शुरु भएको एशिया कप टी २० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले सानदार सुरुआत गरेको छ ।  दुवईमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजको थियो । जुन सहि सावित पनि भयो ।

श्रीलंकालाई पुरै ओभर पनि खेल्न नदिइ अफगास्तिानले १०५ रनमा समेटेको थियो ।  श्रीलंकाले निर्धारित ओभरको २ बल बाँकी हुँदा सवै विकेट गुमाएर १०५ रनमात्रै बनाउन सक्यो ।  श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा फजल फारुकीले २।४ ओभरमा १ ओभर मेडन राख्दै ११ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

यसैगरी मुजिव उर रहेमानले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिँदा मोहम्मद नावीले पनि ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए ।  नभिन उल हकले १ विकेट लिँदा स्टार खेलाडी रासिद खानले ४ ओभरमा १२ रन खर्चिए पनि विकेटविहीन बने ।  श्रीलंकाका लागि भानुका राजपाक्षेले सर्वाधिक ३८ रन बनाउँदा चामिका करुणारत्नेले ३१ रन बनाए ।

यस्तै धनुस्का गुनथिलकाले १७ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।  १०६ रनको लक्ष्य सहित मैदान उत्रिएको अफगानिस्तानले १०।१ ओभरमा २ विकेट गुमाएर १०६ रन बनाउँदै ८ विकेटको जीत निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल रह्यो ।

अफगानिस्तानका लागि हजरतुल्लाह जजई र रमनुल्लाह गुर्वाजले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे । यी दुईले ६।१ ओभरमा ८३ रन बनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button