खेलकुद

प्रथम राष्ट्रिय जुनियर क्योकुशिन काइकान अलाइड कराते प्रतियोगिता सम्पन्न

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १२ स्थित सनराइज इङ्लिस बोर्डिङ स्कुल, पदमपोखरीमा सम्पन्न प्रथम राष्ट्रिय जुनियर क्योकुशिन काइकान अलाइड कराते प्रतियोगिता–२०८२ ले सफल समापन गरेको छ।

नेपाल क्योकुशिनकाईकान अलाइड कराते संघको आयोजनामा भएको प्रतियोगितामा बारा, पर्सा र मकवानपुरबाट आएका एक सय ५१ जना जुनियर खेलाडीहरू सहभागी भए। २५ देखि ५५ केजीसम्मका महिला र पुरुष तौलसमूहमा प्रतिस्पर्धा भएको यस प्रतियोगितामा खेलाडीहरूले आक्रामक र अनुशासित प्रदर्शन प्रस्तुत गरेका थिए।

प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र तथा समूहगत विजेता टोलीलाई ट्रफी प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल क्योकुशिनकाईकान अलाइड कराते संघका ब्रान्च चिफ चन्द्रकुमार गोले सभाध्यक्ष रहनु भएको थियो। साथै, हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्का प्रमुख अतिथि तथा विभिन्न वडाध्यक्षहरू, खेलकुद क्षेत्रका प्रतिनिधिहरू, प्रशिक्षकहरू र संघका पदाधिकारीहरूले विशेष अतिथिका रूपमा सहभागिता जनाएका थिए। दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा उद्घाटन सत्र र दोस्रो चरणमा सम्पन सत्र राखिएको थियो। सम्पूर्ण अतिथिहरूलाई अशान ग्रहण कार्यक्रममार्फत सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल फुल-कन्ट्याक्ट कराते संघ, नेपाल खेलकुद परिषद् र IKAKO (International Kyokushin Allied Karate Organization) सँग सम्बन्धित प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। स्वास्थ्य, अनुशासन र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिता मार्फत स्थानीय स्तरमा कराते खेलको लोकप्रियता थप विस्तार भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button