कैलाश । कैलाश गाउपालिकामा संचालित तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि १० नम्बर वडाले जितेको छ ।
शनिबार नामटारमा भएको फाइनल खेलमा उपाधिको लागि वडा नम्बर -८ संग भएको खेलमा ८ नम्बर वडालाई पराजित गर्दै १० नम्बर वडा बिजयी भएको हो ।
निर्धारित समयमा दुबै टिमले गोल गर्न नसके पछि पेलान्टी सुट आउटमा ८–७ गोल अन्तरले हराउँदै वडा १० विजयी भएको हो ।
उपाधि सँगै वडा १० ले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको १७ औं मिनेटमा १० नम्बर वडाका सुर्य थिङले पहिलो गोल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा गोल फर्काउँदै बराबरीमा पु¥याएका थिए ।
दोस्रो हाफमा दुबैतर्फबाट गोल गर्न असफल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । पेलान्टी सुटआउटमा दुवैतर्फबाट बराबरी ५–५ गोल भएको थियो भने सडनडेथमा ३–२ गोल भए सगैै ८–७ गोल अन्तरले वडा नम्बर १० विजयी भएको हो ।
खेलको म्यान अफ द म्याच वडा १० का गोलरक्षक विशाल वाईवा घोषित भए ।
बिजेता र उपबिजेता टिमलाई गाउँपालिका अध्यक्ष लोक मोक्तान तथा उपाध्यक्ष बालकुमार मल्लले ट्रफी , मेडल , प्रमाणपत्र तथा चेक हस्तान्तरण गरेका थिए ।