खेलकुद

केन्याविरुद्धको सिरिजमा ज्ञानेन्द्रको कमव्याक

काठमाडौं । केन्यासँग अगष्ट २५देखि सुरुहुने ५ खेलको टी –२० र ३ खेलको एक दिवसीय सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ ।  नेपाल क्रिकेट संघ क्यानले सोमबार मात्रै मुख्य प्रशिक्षक नियुक्त गरेको भए पनि उनी नेपाल नआउँदै केन्यासँग खेल्ने नेपाली टिमको घोषणा गरेको हो ।

यही टिमका साथ नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्यामा हुने सिरिजको तयारी गर्ने छन् । नेपाली टिममा लामोसमयपछि ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने सुदूरपश्चिम प्रदेशबाट क्रिकेट खेल्दै आएका अर्जुन साउद पहिलो पटक नेपाली टिममा समावेश भएका छन् ।

यो सिरिजमा ज्ञानेन्द्रसहित साहब आलम र विवेक यादवले कमब्याक गर्दा विकेटकिपर विनोद भण्डारी र कुशल भुर्तेल टोलीमा अटाएनन् । नेपाली टिममा दुई जना विकेटकिपर रहेका छन् । आशिफ शेख र अर्जुन साउदलाई विकेटकिपरको रुपमा टिममा समावेश गरिएको हो ।

५ खेलको टी २० मा नियमित कप्तान सन्दीप लामिछानेले कप्तानी गर्दा ३ वटा एक दिवसीयमा भने उपकप्तान रोहित पौडेलले टिमको नेतृत्व गर्ने छन् । टी २० पछि सन्दीप क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्नका लागि वेस्टइन्डिज जाने कार्यतालिका रहेको छ ।

केन्याविरुद्धको सिरिजका लागि घोषणा गरिएको नेपाली टिम यस प्रकार रहेको छ ।

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद ९विकेटकिपर०, पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि।सी। हरि शंकर शाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button