खेलकुद

अलमुताइरीको लिस्ट खारेज गर्दै कार्यवाहक प्रमुख प्रशिक्षक हुमागाईँले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाए

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ ।

असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि यसअघि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा दिएका थिए । तर त्यो सूची खारेज गर्दै एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदिप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडी पनि छन् । प्रशिक्षकसँगको विवादपछि किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए । जसमध्ये सुमन लामा विदेश गइसकेका छन् ।

यसअघि अलमुताइरीले माग गरेको सूचीमा खेलाडी–प्रशिक्षक विवादमा मुछिएका अञ्जन विष्ट र तेज तामाङको मात्र नाम समावेश छ । अलमुताइरी बिरामी बिदामा रहेको भन्दै एन्फाले हुमागाईँलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

टोलीमा बोलाइएका खेलाडी

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ ,डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर स् सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,

फरवार्ड ; विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button