मनहरी । मनहरीमा सम्पन्न मतदानको मत गणना केहि ढिलाई हुने भएको छ । नौ वटै वडाको मतपेटिका रुजु गर्र्नेे काम भइरहेकाले मत गणनामा केहि ढिलाई हुने निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जिले जानकारी दिए । मत पेटिका रुजु गर्ने काम सम्पन्न हुने बिक्तिकै सर्वदलिय बैठकको आयोजना गरि करिब १२ बजे तिरबाट मतगणना कार्यं सुरु गरिने दर्जिले जानकारी दिए । ३० गते भएको मतदानमा वडा नम्बर १ मा १ हजार ७ सय ८७, वडा नम्बर २ मा १हजार ४ सय ८३, वडा नम्बर ३ मा २ हजार ७ सय ५४ , वडा नम्बर ४ मा १ हजार ५ सय ८९, वडा नम्बर ५ मा २हजार ९, वडा नम्बर ६ मा २ हजार ९ सय ३४, वडा नन्बर ७ मा २ हजार ९ सय ८४ , वडा नम्बर ८ मा १ हजार ५ सय २४ , वडा नम्बर ९ मा २ हजार ४ सय ४० गरि जम्म १९हजार ५ सय ४ मत खसेको थियो