बागमती प्रदेश

हस्ताक्षर नभएको मतपत्र भेटीए पछि राक्सिराङमा मतगणना स्थगित


राक्सिराङ । राक्सिराङमा मतगणना स्थगित भएको छ । गाउँपालिकाको ४ नम्बर वडाको मतणना गर्दै गर्दा हस्ताक्षर नभएको ५ वटा मतपत्र भेटिए पछि गणना स्थगित भएको जनाएको छ । उक्त हस्ताक्षर नभएको मतपत्रमा सुर्य चिन्हमा ७ छाप लगाएको पाइएको छ । उक्त मतदान केन्द्रमा राक्सिराङ गाउँपालिकाको स्वास्थ संयोजक बिजय कापरी मतदान अधिकृतको रुपमा रहेका थिए ।
मतगणनाका स्थगित भए पछि अहिले सर्बदलिय बैठक बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button