राजनीति

अर्थमन्त्रीमा जनार्दन शर्मा फर्कने पक्का


काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने पक्का भएको छ। कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरु हेरफेर गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि अर्थमन्त्रीकै जिम्मेवारीमा पठाउने भएको हो।
पदाधिकारी चयन गर्ने एजेन्डा रहेको भोलिको स्थायी कमिटी बैठकले शर्मालाई पुनः जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिएका छन्

उहाँ (शर्मा) पुनर्बहाली हुनुहुन्छ। राजीनामा दिएर बसेकाले भोलि बस्ने बैठकले पुनः सिफारिस गरेर पठाउने भन्ने तयारी छ। त्यसपछि प्रधानमन्त्रीले हेर्नुहोला। उनले भने,अनावश्यक ह्युमिलेटेड गरेको हुनाले एक पटक बनाउनुपर्छ भन्ने छ, टुङ्गिएको छैन।

माओवादी केन्द्रले अर्थमन्त्रीमा शर्माको पुनरागमन गराएर मात्रै निर्वाचनको मिति तोक्न दिने संकेत गरेको छ। आरोपित व्यक्तिलाई संसदीय छानबिन समितिले नै सफाइ दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सजिलो भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button