
राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा नं.– ३ मा रहेको सिद्धार्थ हरियाली वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलबार एक बृहत कार्यक्रमको आयोजना गरि वन समुहको ९ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा वन समुहका सहसचिव मञ्जीला थोक्राले आर्थिक वर्ष २०८०÷८१ को १९ लाख २२ हजार ३ सय १३ रुपैयाँबराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । भने वन समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङले आउदो आर्थिक वर्षको लागि अनुमानित ४४ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वन समुहको गतिविधि प्रचारप्रसार गरेको भन्द्र पत्रकार शिवकुमार काशी रिजाललाई नगद ५ हजार सहित सम्मान गरिएको थियो भने । विगतमा वन संरक्षणमा महत्वपुर्ण योगदान पुर्याएको भन्द्रै १० जना उपभोक्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
वन समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रि कृष्ण सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य गाविन्दराम चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष रामकुमार मल्ल , उपाध्यक्ष बनस्तम थिङ, राक्सिराङ –३ का अध्यक्ष उक्तम वाईवा , निवर्तमान अध्यक्ष बाबु लाल स्याङतान तथा सव डिभिजन वन कार्यालयका प्रमुख तथा बिभिन्न व्यक्तित्वहरुको उपस्तीथी रहेको थियो ।






