बागमती प्रदेश

४ नम्बर वडा बाहेक  सबै वडाको  मतपेटिका  लामिटार पुग्यो  आज राती देखिनै मतगणना सुरु गरिने

मनहरी । मनहरीमा मतदान सम्पन्न भए  संगै मतपेटिका सङ्कल कार्य जारी  छ । भर्खरै प्राप्त  जानकारी अनुसार  मतदान सम्पन्न भएको वडाहरुको मतपेटिका मतगणना स्थल रजैयामा पुर्याइरहेको छ । हाल सम्म वडा नम्बर १,२,३,५,६,७,८ र ९ को मतपेटिका  लामिटार पुगिसकेको निर्वाचन अधिकृत पुर्णबहादुर  दर्जीले जानकारी दिए । ४ नम्बर  वडाको मतपेटिका भने केही समय  ढिला हुने गरि  मतगणना स्थल आईपुग्ने दर्जीको भनाई छ । मनहरीमा यस स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत अर्थात १९ हजार ५ सय ४ मत खसेकोनिर्वाचन अधिकृत दर्जिको भनाई  छ ।

सबै वडाको मतपेटिका  आइपुग्ने बित्तिकै सर्बदलिय बैठक बसि आज राति देखि नै मतगणना सुरुमा गरिने  जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button