खेलकुद

मनहरी – २ मा वडा स्तरीय खेलकुद बिकास समिति गठन


मनहरी । मनहरी गाउँपालिका वडा न-२ मा वडा स्तरीय खेलकुद बिकास समिति गठन गरिएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरि सुकराम मुक्तानको संयोजकत्वमा ७ सदस्यीय वडा स्तरीय खेलकुद बिकास समिति गठन गरिएको हो ।

सदस्यहरुमा विजय गोले , गुण सिं रूम्बा र ईन्द्र देव वाईबा फुटबल तर्फबाट ,प्रविन स्याङतान कराते तर्फबाट ,सन्त कुमार थिङ बक्सीङ तर्फबाट र साजन लामा वडा सचिवको तर्फबाट गरि ७ सदस्यीय वडा स्तरीय खेलकुद बिकास समिति गठन गरिएको हो ।

कार्यक्रम वडा अध्यक्ष राजकुमार पाख्रीनको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button