खेलकुद

नेपालले आज केन्यासंग चौथो खेल खेल्दै


काठमाडौं । नेपाल र केन्याबीचको चौथो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।  शृंखलामा २(१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ ।

आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ ।  पाँच खेलको टी(२० शृंखलामा नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेको थियो ।  आइतबार भएको तेस्रो खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button