समाचार

२९ औं तामाङ प्रसारण दिवसको अवसरमा हेटौंडामा भव्य कार्यक्रम हुने


हेटौंडा । तामाङ पत्रकार संघ मकवानपुरले आउँदो भदौ १ गते २९ औं तामाङ प्रशारण दिवस मनाउने भएको छ । संघको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त दिन एक भव्य कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाले दिवस मनाउने निर्णय गरिएको हो ।

कार्यक्रमको अवसरमा मकवानपुरमा क्रियशिल एक जना तामाङ पत्रकारलाई नगद सहित सम्मान गर्ने निर्णय पनि गरिएको संघका अध्यक्ष जयराम मुक्तानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button