
मनहरी । बोनम्यारो सम्बन्धी रोगका कारण थलिएकी राक्सिराङ -४ कि ७ वर्षिया साहिसा स्याङतानको उपचारको लागि सहयोग जुट्ने क्रम जारी छ ।
घरको आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि स्याङतानको परिवारले आर्थिक सहयोगका लागी अपिल गरेका थिए ।
यसै सन्दर्भमा शुक्रबार साहिसाको उपचारको लागि ५० हजार ८ सय रुपैया सहयोग प्राप्त भएको छ ।
मनहरी -८ मा रहेको युनाईटेड ईङ्लिस बोर्डिङ स्कुलले ४५ हजार ८ सय र मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतिले ५ हजार गरि कुल ५० हजार ८ सय रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग रकम साहिसामा परिवारलाई हस्तान्तरण गरिएको युनाइटेड ईङ्लिस बोर्डिङ स्कुलले जनाएको छ ।
स्याङतान मनहरी -७ मा रहेको युनिभर्सल बोर्डिङ स्कुलमा अध्ययनरत छन ।
स्याङतानको हाल काठमाडौ स्थित सिभिल हस्पिटलमा उपचार भईरहेको छ ।
साहिसाको उपचारको लागि यस अघि उनि अध्यनरत बोर्डिङ ,विभिन्न संघ सस्था र व्यक्तिहरु सहयोग गरि सकेका छन ।
उनको बोन म्यारो ट्रान्स प्लान्टको लागि करिब २१ लाख रुपिया लाग्ने अस्पतालले जनाएको छ ।
उनलाई सहयो गर्न ९८४५१६४८६१समपर्क गर्न सक्नुहुनेछ ।






