समाचार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध


चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने नजिकै लेदोसहितको पहिरो खसेपछि सडक ठप्प भएको हो ।

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । चितवनमा आइतबारदेखि नै भारी वर्षा भइरहेको छ । शक्तिखोर लगायतका ठाउँमा वर्षाले चेतावनीको तह नै पार गरेको छ । पछिल्लो २४ घण्टामा १८४ मिलिमिटर पानी परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button