
मनहरी ।मनहरी –५ मा रहेको सुकुम्बासी तथा भुमिहीनहरुलाई निस्सा बितरण गरेको छ ।बिहीबार एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेको ३७ घर सुकुम्बासी तथा भुमिहीनलाई निस्सा वितरण गरिएको हो ।
बितरण कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि सीता पुलामी मगरले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई उपभोग गरिरहेको जग्गाको धनि पुर्जा ब्यबस्थापन हुनेगरी मिलाउन पहल भइरहेको बताए ।
गाउँपालिका भित्र ७ सय २७ जना भुमिहीन र भुमीहिन सुकुम्बासीको तथ्यांक रहेको भन्दै लालपुर्जा प्राप्त गर्ने कुरामा ढुक्क हुन आग्रह गरे । त्यसै गरि वडा अध्यक्ष दिपेन्द्र अधिकारिले भुमीहिन दलित र भुमिहिन सुकुम्बासीलाई निस्सा बाड्न कसैले रोकेर वितरण कार्य नरोकिने बताए ।
