
मनहरी । नारी सीप सृजना केन्द्र हेटौडाले जिल्लाको २ वटा गाँउपालिकाका महिलाहरुलाई बाख्रा वितरण गरेको छ । सस्थाको परियोजना सन्चालन गरेका राक्सिराङ गाँउपालिका र बागमती गाँउपालिकाको वडाहरुमा छलफल केन्द्रमा आबद्द महिलाहरुलाई बाख्रा बितरण गरिएको हो । एडब्लु ओ इन्टरनेशनलको आर्थिक सहयोगमा नारी सीप सृजना केन्द्र हेटौँडाले सञ्चालन गरेको मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजनाकै सिलसिलामराक्सिराङ गाउपालिकामा ३४ वटा र बागमती गाउपालिकामा ५२ वटा बाख्रा गरि ८६ वटा बाख्रा बितरण गरिएको नारीसीप सृजना केन्द्र हेटौडाले जनाएको छ । केन्द्रले केहि दिन अगाडी छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गपिर बाख्रा वितरण गरिएको हो र






