समाचार

गुट्खा नियन्त्रणमा सक्रियता बढाउदै मनहरीका नगरप्रहरी

मनहरी । मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै गुट्खाजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने कुरा समावेश गर्यो ।

सोहि अनरुप विभिन्न समयमा सुचना प्रकाशन गरी विक्रेताहरुलाई सचेतना गराउने कार्यक्रम पनि गर्यो । तर त्यसबाट पनि गुट्खाजन्य पदार्थ विक्री वितरणमा कुनै पनि कमी आउन सकेन ।

त्यसलगत्तै कार्यपालिका बैठकले नगर प्रहरी भर्ना गरी गुट्खाजन्य पदार्थ नियिन्त्रण गर्ने निर्णय गर्यो । सो को कार्यन्वयनका लागि गत मंसीर देखि नगर प्रहरी भर्ना भए ।

१ जना प्रहरी साहायक निरीक्षक, २ जना हवल्दार र ७ जना जवान गरी कुल १० जना नगर प्रहरी कार्यालय विभिन्न प्रतिष्पर्धामार्फत छनोट गर्यो ।

त्यसपछि पहिलो चरणमा नगर प्रहरी परिचालन गरि एक सातासम्म गुट्खाजन्य पदार्थ विक्रेतालाई सम्झाउने बुझाउने काम गरे । तर पनि विक्रेताहरुले अटेर गरेपछि शुक्रबार देखि भने नगर प्रहरी आक्रमक रुपमै प्रस्तुत भएका छन् ।

उनीहरुले विक्री वितरण गर्ने व्यवसायीक स्थलमा पुगेर गुट्खाजन्य पदार्थ जफत गरेका छन् ।

मनहरी गाउँपालिका प्रशासन शाखाका शैलेष बास्कोटा सहित नगर प्रहरी साहायक निरिक्षक थिरनाथ देवकोटाको टोलीले वडा नं ६ र ७ मा अनुगमनका क्रममा करिब ८ प्याकेट गुट्खाजन्य पदार्थ बरामद गरी जफत गरेका छन् ।

सुरुवतामा सम्झाई बुझाई गर्दा पनि अटेर गरेपछि जफत गर्न बाध्य भएको प्रशासन शाखाकोे भनाई छ । बजार अनुगमनमा ईलाका प्रहरी कार्यालय मनहरी र सुनाचुरीका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

यसबाट क्षणीक लाभ र नाफा देखिएपनि भविष्यमा क्यान्सर जस्ता जोखिम रोगको सिकार हुनबाट रोक्नका लागि निर्ममतापुर्वक आगामी कदम चालीने गाउँपालिका स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button