समाचार

राक्सिराङ ३ मा भोलि माघ ७ गते सोनाम ल्होछार मनाउदै

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नं. ३ मा भोलि माघ ७ गते मञ्जुश्री संवत् २८५९ औं ह्योयी ल्हो बिरालो वर्ग सोनाम ल्होछार तथा गुम्बा सम-उद्घाटन समारोह हुने भएको छ।

कार्यक्रम राक्सिराङ ३ स्थित साङगे छ्योईलिङ गुम्बाको आयोजनामा हुन गई रहेको कार्यक्रममा निवर्तमान बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादु ग्लानको प्रमुख आतिथ्यमा हुने भएको हो। त्यस्तै कार्यक्रम चर्चित कलाकार अबिराम मोक्तान,रबिन चेपाङ,अमिर लोप्चन,सुन्दर लामा,उर्मिला प्रजा र आस्थाकला केन्द्र मनहरीको र स्थानीय कलाकार हरुको बेजोड प्रस्तुती रहने गुम्बाका सचीव बाबू लाल स्याङ्तानले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button