समाचार

प्रशान्त तामाङलाई पुत्री लाभ

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङ बुवा बनेका छन । उनले सामाजिक सञ्जाल मार्फत आफु बुवा बनेको जानकारी दिएको हो । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । छोरीको नाम पनि उनले आरिया राखेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ ।

‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद,’ उनले लेखेका छन् । इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र एयर होस्टेस समेत रहेकी मार्थाले तीन वर्षअघि विवाह गरेका थिए ।आफू अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ प्रचारप्रसारका लागि प्रशान्त दशैंअघि काठमाडौंमा आउने तयारीमा छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button