काठमाडौं । खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए ।
२९ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कलुमले काएल कोत्जरसँग ८२ रनको साझेदारी गरे । कोएत्जरले अविजित ४४ रन जोडे ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्






