खेलकुद

चौथो संस्करणको थाहा गोल्डकप पुस २६ देखि हुने


मनहरी ।  चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ देखि हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ  थाहा नगरपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मोत्सव पारेर पुस २६ देखि  थाहा नगरपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।  प्रतियोगितामा १६ टिम सहभागि रहने छ ।

यस वर्ष देखि प्रतियोगिताको पुरुषकार राशी बृद्धि गरेर २ लाख पुर्याएको छ । भने उपबिजेताले नगद १ लाख पुरस्कार पाउने छन । प्रतियोगिताको प्रत्येक खेलमा म्याचमा म्यान अफ द म्याच घोषणा साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button