खेलकुद

नेपाल टी–२० लिग खेल्ने ४ टिमको नाम सार्वजनिक

काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी–२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो ।

नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो । जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्स छन् । कान्तिपुर क्यापिटल्सको फ्रेञ्चाइज मालिक कान्तिपुर मिडिया ग्रुप छ भने नेपाली अल स्टार्स अमेरिकाले लुम्बिनी अल स्टार्स टिम खरिद गरेको छ ।

बाँकी दुई टिममा भारतीय व्यवस्थापन रहने छ । विराटनगर सुपर किंग्सलाई डायमण्ड डिजीक्याप प्रालिले र जनकपुर रोयल्सलाई गोल्डस्पोर्टस प्रालिले सञ्चालन गर्ने छन् ।

बाँकी दुई टिमको घोषणा छिट्टै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताए । टिम मालिक उपस्थित नभएका कारण दुई टिमको घोषणा प्रक्रिया लम्बिएको हो । क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र सुदूरपश्चिम थियो ।

ती टिमको स्वामित्व लिनका लागि क्यानले टेण्डर आह्वान गरेको थियो । त्यसै अनुसार फ्रेन्चाइज टिम नाम टुङ्गो लागेको हो । क्यानले नेपाल टी २० लाई नै नेपालको आधिकारिक फ्रेन्चाइज लिग भनेको छ । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले पनि स्वीकृति दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button