
मनहरी । नेपालीहरुको महान पर्व शुभ दिपापलीको अवसरमा नमस्ते मनहरी मिडिया प्रा.लि.को आयोजनामा र हेटौडा उपमहानगरपालिकाको सहयोगमा मैत्रिपुर्ण फुटबल सम्पन्न भयो । मकपानपुरको मनहरी गाउँपालिका वडा न.ं–७ मा रहेको राष्ट्रिय रोटरी माविको खेल मैदानमा मकपानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको टिम र पत्रकारको टिम विच मैत्रिपुर्ण खेल तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । बिहान ८ बजे भएको खेल सेभेन ए साइड पद्धती भएको थियो । गत वर्षहरुमा पनि पत्रकार र बिभिन्न संघ सस्थाहरुसंग खेल हुदै आएकोमा यस वर्ष मकपानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीसंग खेल भएको हो । खेलमा मकपानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको टिम २–१ गोल अन्तरले विजयी भएको थियो । उद्योग वाणिज्य संघको तर्फबाट दुबै गोल गणेश मान्नधरले गर्नु भयो । त्यसै गरी पत्रकारको तर्फबाट एक मात्र गोल ज्ञानेन्द्र तामाङले गर्नु भयोको थियो ।
त्यसै री कार्यक्रमको समापन नमस्ते मनहरी मिडिया प्रा.ं लि. का अध्यक्ष जयराम मुक्तानको अध्यक्षतामा भएको थियो भने बागमती प्रदेशका पुर्व भौतिक विकास राज्य मन्त्रि सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पुर्वराज्यमन्त्रि चेपाङले यस खेलले स्वस्थ हुनुका साथै भातृत्वको विकास हुने बताउनु भयो । साथै सिंगो देशका जनतालाई एक ढिक्का पार्ने माध्यम खेल क्षेत्र रहेको बताउनु भयो । नेपालमा अन्य खेलको तुलनामा फुटबलमा युवाहरुको क्रेज तिब्र रहेको बताउनु भएको थियो । पछिल्लो समय पुरुषको तुलनामा महिला फुटबल सफलता तिर लम्कीरहेको बताउनु भयो । साथै उहााले तिहारको अवसरमा शुभकामना पनि व्यक्त गर्नु भयो ।
त्यसै गरि मनहरी गाउँपालिका वडा नं.–७ का अध्यक्ष ठाकुर तितुङले पत्रकार र व्यबसायि विचको मैत्रिपुर्ण खेलमा एक आपसमा नजिक हुने अवसर प्राप्त भएको बताउनका साथै श्भकामना तथा बधाई व्यक्त गर्नु भयो । त्यसै गरी भयो । दानमा मकपानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरी सभापति गणेश मानन्धरले पत्रकार संग खेल खेल्न पाउन आत्यन्तै खुसी भएको बताउनु भयो ।
कार्यक्रममा व्यवसायि पदम तितुङ, मनकामना सामुदायिक वनका अध्यक्ष सु्रेश मोक्तान डिपाट समुदायिक वनका अध्यक्ष डम्बर मोक्तान पशुपति सामुदायिक वनका अध्यक्षा रघु रुम्बा ,मनहररी खाने पानी उपभोक्ता समितिका अध्यक्ष भुवन जोसी लगाएतको उपस्थीती रहेको थियो ।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका अध्यक्ष जयराम मोक्तानले सबैलाई धन्यबाद दिनुभयो ।






