खेलकुद

आइपीएल फाईनल आज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ ।अहमदाबादमा हुने आईपीएलको फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ८:१५ बजे सुरु हुनेछ ।

आज दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो। गुजरात पहिलो सहभागितामै उपाधि उचाल्न चाहन्छ।

यता, राजस्थान पनि गुजरातलाई हराएर उपाधि जित्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button