समाचार

आज २८ औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं ।  आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस मनाइँदैछ ।

विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिँदै समावेशिताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन। उहाँले आदीवासी जनजाति नेपालको सबैभन्दा ठूलो समुदाय रहेको बताउँदै उक्त समुदायको विकास गरेर मात्रै समृद्धिको सपना यथार्थमा परिणत हुने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले संविधानले नै सामाजीक न्याय र समावेशिता सम्बन्धी व्यवस्था गरी आदिवासी जनजातीलाई समान अधिकार सुनिश्चित गरेको बताउँदै संविधानमा उल्लेखित हकअधिकारको प्रत्याभूति गर्न सरकार क्रियाशिल रहेको स्पष्ट पारे ।

लोकतन्त्र प्राप्तिका लागि आदिवासी समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले त्यसको सधैँ कदर गर्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button