
राक्सिराङ । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका -३ सरिखेत पलासेमा रहेको सुर्योदाय माविमा अध्यनरत गरिब तथा बिपन्न विद्यार्थीहरुलाई न्यानो कपडा(ब्लाङ्केट) सहयोग स्वरुप वितरण गरिएको छ ।
आइतबार बिद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि मकवानपुर गाइज परिवारले विद्यालयको छात्राबासमा बसि अध्यन गर्ने ३५ जना बिद्यार्थीहरुलाई ब्लाङ्केट सहयोग गरिएको हो ।
वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिष्ठ समाजसेवी , नेकपा एमाले मकवानपुरका सदस्य एवम मकवानपुर गाइजका प्रतिनिधि बिरेन डिसिले समस्यामा परेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आफ्नो सस्थाले सहयोग गरिरहेको बताए ।
ब्यक्तिगत र सस्थागत रुपमा सहयोग गरिदै आइरहेको बताउदै डिसिले विद्यार्थी जस्तो समाजको विशेष क्षेत्रको व्यक्तिहरुलाई सहयोग गर्न पाउनु निकै खुसिको कुरा रहेको बताए ।
बिगत लामो समय देखि छात्राबासमा बसोबास गरिरहेका विद्यार्थीहरुलाई समस्या रहेको विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीले आफुलाई जानकारी गराए सङ्गै आफ्नो सस्थाले सहयोग गरिएको डिसिले बताए ।
विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम मकवानपुर गाइजका बिरेन डिसिको प्रमुख आतिथ्यमा भएको थियो भने राक्सिराङ -३ का अध्यक्ष उत्तम वाईबको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यसै गरि मकवानपुर गाइजका लक्ष्म्ण कडेल , बद्री दुलाल ,खड्का चौलागाईं र नवीन डिसि लगाएतकाको उपस्तिथी रहेको थियो।






