खेलकुद

गुरुङ दम्पतीद्वारा बागमती गोल्डकपको सर्बोउत्कृष्ट पुरस्कार ब्यवस्था  गरिने 

हेटौंडा  । हेटौंडा उपमहानगरपालिका वडा न.६ म रहेको  चौगोडा हस्पिटल प्रा.लि. का संचालक  राजु गुरुङ र उहकी पत्नी  सोनि गुरुङले बागमती गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा आउदो फागुन ३ गते देखि १२ गतेसम्म हुन लागेको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी पुरस्कार राशी रु १ लाख १ हजार १ सय ११ रुपैयाँ ब्यवस्थापन गर्ने गुरुङ दाम्पतीले प्रतिबद्धता जनाएका छ्न।

बागमती गाउँपालिकाको झुरझुरेमा रहेको नबनिर्मित सहिद स्मृति रंगशालामा हुने सातौं सस्करणको फुटबल प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहने बागमती खेलकुद बिकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो ।
यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने छन् । त्यसै गरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button