
मकवानपुरको कैलाश गाउँपालिका-४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर तथा ओटिसी सेन्टर उद्घाटन गरिएको छ। होम डेलिभरीको अन्त्य र सुरक्षित मातृ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले उक्त सेवा सुरु गरेको हो। अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गर्दै आगामी वर्ष सबै वडामा वर्थिङ सेन्टर सञ्चालन गरिने बताए।
वर्थिङ सेन्टरमा २४ घण्टा स्वास्थ्यकर्मी उपलब्ध रहनेछ भने कुपोषित बालबालिकाका लागि ओटिसी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ। सेवा प्रभावकारी बनाउन सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुन आग्रह गरिएको छ।
स्थानीय कर्णबहादुर थिङको तीन रोपनी जग्गा दानपछि १३ लाख रुपैयाँको लागतमा केन्द्र निर्माण भएको हो। कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, वडा अध्यक्ष तीलकबहादुर मुक्तान, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवलगायतको उपस्थिति थियो। जग्गादाता थिङलाई सम्मान गरिएको थियो।
#everyoneシ゚#everyonefollowers






