खेलकुद

नेपाल केन्यासँग १८ रनले पराजित


नेपाल केन्यासँग दोस्रो टी २० क्रिकेट खेलमा १८ रनले पराजित भएको छ ।  नैरोवीको जीमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।

यो नतिजापछि केन्याले सिरिजमा १–१ को बराबरी गरेको छ । अब ३ वटा टी २० म्याच बाँकी रहेका छन् ।  नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाउँदा रोहित पौडेल र आदिल अन्सारीले २०–२० रनको योगदान गरे ।

पवन शर्राफ १९ रनमा पभेलियन फर्किँदा सन्दीप लामिछानेले ८ तथा करण केसीले ६ रनको योगदान गरेका थिए ।  दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी २–२ तथा ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।  केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २–२ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाउन सक्यो ।  केन्याका लागि रकिप पटेलले सर्वाधिक ३५ रन बनाउँदा नेहिमामले २९ रन जोडेका थिए ।  इरफान करिमले २२ रन जोड्दा सचिन बोडियाले १४ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिँदा करण केसीको नाममा २ विकेट रह्यो ।  पवन शर्राफले १ विकेट लिँदा आजै डेब्यु गरेका बसिर अहमद भने विकेटविहीन बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button