
मनहरी । नेकपा माओवादी केन्द्र कैलाश गाउँकमिटीको अध्यक्षमा रबिन्द्र थिङ सर्वसम्मत निर्वाचित भएका छ्न ।
शनिबार भएको माओवादी केन्द्र कैलाश कमिटीको दोस्रो सम्मेलनबाट थिङ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएको हो ।
कमिटीको उपाध्यक्षमा तिलक मोक्तान ,देबलाल बल र तुलराज दर्लामी , सचिब सुरेश घिमिरे र कोषाध्यक्षमा राममाया प्रजा सहित ४५जना सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रमिला लामा पुलामीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा प्रदेश कमिटी सदस्य सीता पुलामी मगर , बालकुमार मल्ल , लक्ष्मी माझी (कृपा)लगाएतका नेता कार्याकर्ताहरुको उपस्थित रहेको थियो ।






