समाचार

नेकपा माओवादी केन्द्र मनहरीको ३ वटा वडाको सम्मेलन शनिबार सम्पन्न


मनहरी । नेकपा माओवादी केन्द्र मनहरीको ३ वटा वडामा शनिबार सम्मेलन भएको छ । गाउँपालिकाको १, ५ र ९ नं. वडामा आज छुट्टा छुट्टै सम्मेलन भएको हो ।
\
आज भएको सम्मेलनबाट मनहरी –१ मा पदम बहादुर थोकरको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटि गठन गरिएको छ । उक्त सम्मेलन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहालको प्रमुख आतिथ्यमा भएको थियो भने , माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला) , लक्ष्मी माझीको विशिष्ठ आतिथ्या रहेको थियो ।

त्यसै गरि आजै मनहरी–९ मा पनि वडा सम्मेलन भएको छ । सम्मेलनले सोलाल गोलेको अध्यक्षतामा १६ सदस्यीय वडा कमिटि गठन गरिएको छ भने सचिवमा राजकुमार स्याङबो चयन भएका छन। उक्त कायक्रम माओवादी केन्द्र मनहरी गाउँ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यामा भएको थियो ।

त्यसै गरि आजै मनहरीमा पनि वडा सम्मेलन मार्फत कडा कमिटि गठन गरिएको छ । सम्मेलनले मीन बहादुर लामालाई अध्यक्षमा चयन गरेको छ भने ऋषीराम सुवेदी सचिव र सरला थापा मगर कोषाध्यक्षमा चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button