समाचार

मनहरी-६ मा युवा नेतृत्व विकास तालिम सम्पन्न


मनहरी । मनहरी गाउँपालिका वडा नं ६ मा युवा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा कार्यालयमा आयोजित ५ दिवसीय तालिम सम्पन्न भएको हो ।

वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त तालिमलाई नमस्ते मिडिया प्रा.लि ले समन्वय गरेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्ता कार्यक्रमले युवाहरुलाई नेतृत्वदायी भुमिका निर्वाहमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै गाउँ टोलमा हुने विकास निर्माण कार्य वा अन्य सामाजिक सरोकारका विषयमा प्रश्न उठाउन दक्ष बनाउने उनको भनाई छ ।
यता विशिस्ट अतिथी ६ नं वडा अध्यक्ष युवराज थपलियाले आगामी दिनम यस्ता कार्यक्रमलाई निरन्तरता दिने उद्घोष गर्नुभयो । युवाहरुलाई जिम्मेवार र कुशल नेतृत्व गर्ने क्षमता अभिवृद्धि गर्न यो तालिम प्रभावकारी रहेको उनको बुझाई छ ।

नमस्ते मिडिया प्रा लि का अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सन्देश थिङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रशिक्षकहरु शिव कुमार रिजाल , ज्ञानेन्द्र तामाङले ४० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button