समाचार

राक्सिराङ मकवानपुरकै सर्वोउत्कृष्ट स्थानिय तह घोषित

मनहरी ।  पश्चिम मकवानपुरको राक्सिराङ गााउपालिका मकवानपुरकै सर्वोउत्कृष्ट स्थानिय तह घोषित भएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरको ८ औं जिल्ला सभाबाट राक्सिराङ गाँउपालिकालाई मकवानपुर जिल्लाकै सर्वोउत्कृष्ट स्थानिय तह घोषित भएको हो । स्थानीय तहहरुले वार्षिक रुपमा गरेको कार्य प्रगति मूल्यांकनलगायतका आधारमा मकवानपुरको १० पालिकामध्ये विकट राक्सिराङ गाउँपालिका सर्वोउत्कृष्ट अर्थात प्रथम घोषित भएको हो।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजालगायतले गाउँपालिकालाई सम्मानपत्र हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले संयुक्त रुपमा सम्मानपत्र ग्रहण गरेका थिए ।

जिल्ला समन्वय समिती आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मानपत्र प्रदान गर्दै आएको छ । जिल्ला समन्वय समितिको मूल्यांकनअनुसार ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button