मनहरी । मनहरी गाउँपालिका वडा नम्बर -७ मनहरी बजार पुल छेउमा सवारी दुर्घटनामा परि १ जनाको ज्यान गएको छ।
चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले मनहरी बजारको पुल छेउमा मोटरसाइकलमा सवार ठक्कर दिदा मोटरसाईलको पछाडी सवार चितवनको रत्ननगर नगरपालिका ,१६ पिठुवा बस्ने ५६ बर्षीय निम बहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि मोटरसाईकल चालक ५५ वर्षीय रामजी गौतम घाईते भएका थिए ।
ट्रकको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर भएका थापालाई मनहरी अस्पताल पुर्याइएकोमा विहान ९ः२५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालक गौतमको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाईकल चालक गौतमलाई थप उपचारको लागी चितवन तर्फ रिफर गरिएको छ ।
साथै ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा ,२१ अम्लेखगंज बस्ने ३९ वर्षीय ओम प्रसाद खनाल इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।