समाचार

माओवादी आन्दोलनबाट प्राप्त व्यवस्था विरुद्ध बोल्नेलाई जनताले कारबाही गर्छ : ज्वाला

मनहरी । नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटिको आज २ वटा वडामा सम्मेलन भएको छ । माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत आइतबार गाउँपालिकाको २ र ७ नं. वडामा सम्मेलन भएको हो ।

२ नम्बर वडामा शिवलाल घलानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको हो । वडा नं.–२ को वडा सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका सचिवालय सदस्य तथा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बीर बहादुर घलान ( ज्वाला)ले माओवादी आन्दोलनबाट प्राप्त व्यवस्था जोगाउन जनता जनता एक हुनुको विकल्प नरहेको बताए ।

पछिल्लो समयमा अहिलेको व्यवस्था विरुद्ध केहि तत्वहरु सल्बलाउन थालेको प्रति इंगित गर्दै नेता ज्वालाले जनताले लडेर ल्याएको व्यवस्था विरुद्ध बोल्नेहरुलाई जनता आफैले कारबाही गर्ने पार्ने बताए । कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला), सीता पुलामीे मगर, गाउँ कमिटि ईन्चार्ज तथा जिल्ल समन्वय समिति सदस्य राजकुमार पाख्रीन लगाएतका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्तीथी रहेको थियो ।

त्यसै गरि आजै मनहरी –७ मा पार्टीको दोस्रो सम्मेलन भएको छ । सम्मेलनबाट आइत सिं मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि सर्वसम्मतरुपले चयन गरेको छ ।
निर्वाचित सवै जनालाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहालले बधाई ज्ञापन गरेका थिए ।

पार्टीका वडा अध्यक्ष गोबिन्द गलानको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला), सीता पुलामीे मगर, गाउँ कमिटि उपाध्यक्ष दील बहादुर स्याङबो , माओवादी नेत्री , बिमला गलान, वाईसिएल मनहरीका ईन्चार्ज ईश्वर थापा लगाएतका उपस्थीती रहेको थियो ।

आजको सम्मेलन संगै नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटिको सबै वडाहरुमा सम्मेलन सम्पन्न भएको छ । भने सबै वडाहरुले नयाँ नेतृत्व पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button