
वाईबा तामाङ समाज मकवानपुरको अध्यक्षमा हर्क सिं वाईबा सर्वसम्मत चयन भएको छ । शनिबार (आज) भएको समाजको चौथो वार्षिक साधारण सभा तथा अधिवेशनबाट नेतृत्वमा उनी सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्षमा विष्णुहरि वाईबा, कोषाध्यक्षमा प्रमिला वाईबा, सचिव विष्णु वाईबा, सहसचिवमा नवराज वाईबा चयन भएका छन् । यसैगरि, सदस्यहरुमा रमेश वाईबा, माया वाईबा, कुमार वाईबा, विचार सिं वाईबा, इत्तकुमार वाईबा र एक जना सदस्य पछि मनोनित गर्नेगरि ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ ।
अधिवेशन नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तानको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष हरि सिं वाईबाको अध्यक्षतामा सम्पन्न भएको हो ।






