
कैलाश । नेपाल चेपाङ संघका केन्दिय अध्यक्ष गोविन्द राम चेपाङले कैलाश –७ लाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नु पर्ने बताएका छन । मंगलबार नेपाल चेपाङ संघ कैलाश गाउँ कमिटिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष चेपाङले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका चेपाङले चेपाङ समुदायको लोप हुँदै गइरहेको भाषा , मौलिक सँस्कृतिलाई जर्गेना गर्न विशेष कार्यक्रमहरु सञ्चालन नगरे भाषा र संस्कृतिको जर्गेना नहुने बतएा ।
बिभिन्न कारणले आफ्नो सामुदायका व्यक्तिहरुले धर्म परिवर्तन गर्नेक्रम बढिरहेका कारण भाषा संस्कृति जगेर्ना गर्न निकै चुनौती रहेको बताए त्यसको लागि संरक्षित क्षेत्र घोषणाको विकल्प नरहेको उनको भनाई छ ।
यस अघि प्रदेश सरकारले संरक्षीत क्षेत्रको कार्यन्वयन नगर्दा राक्सिराङ गाउँपालिका वडा नं.–७ लाई गाउँपािलका आफैले चेपाङ संरक्षित क्षेत्र घेषणा गरिसकेको छ ।
चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले चेपाङ समुदायको बाक्लो बसोबास भएको केहि जिल्लालाई संरक्षित क्षेत्र घोषणा गरिने भनि निति तथा कार्यक्रममा उल्लेख गरे पनि कार्यन्वयनको लागि भने चेपाङ संरक्षित क्षेत्रलाई बजेट व्यवस्था भने भएन ।
अध्यक्ष चेपाङले सरकारले नै बोलेको कुरा पुरा नगरि दिदा चेपाङ समुदायलाई राज्यलेनै वेवास्त गरेको भएको बताए । नेपाल चेपाङ संघ कैलाशका अध्यक्ष निराजन चेपाङको अध्यक्षतामा भएको कार्यक्रम संघको केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङको प्रमुअ आतिथ्यता रहेको थियो ।
त्यसै गरि चेपाङ संघका बागमती प्रदेश अध्यक्ष खुसि लाल चेपाङ ,कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान उपाध्यक्ष बालकुमार मल्लको विशिष्ट आतिथ्यता रहेको थियो भने कैलाश गाउँपालिका वडा नं.–३ का अध्यक्ष देवलाल बल ,वडा नं.–७ का अध्यक्ष उदास ब्लोन लगाएतको उपस्तीथी रहेको थियो ।






