स्थानिय

पशुपति माबिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण


मनहरी गाउँपालीका वडा नं ४ मा रहेको श्री पशुपती माद्यमीक विद्यालयका विद्यार्थीहरुलाईशुक्रवार शैक्षीक सामाग्री हस्तान्तरण गरीएको छ । ४ नं वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा लायन्स क्लव अफ दिव्यश्वरी र प्रेरणा महिला समुह स्युचाटारको संयुक्त रुपमा शैक्षीक सामाग्री हस्तान्तरण गरीएको हो । समाजसेवी ईश्वर थापाको पहलमा उक्त विद्यालयका शिशु ,१ र २ कक्षामा अध्ययनरत ५१ विद्यार्थीहरुलाई शैक्षीक सामाग्री हस्तान्तरण गरीएको थापाले बताउनुभयो ।

सामाजीक कार्यमा सकृय थापाले प्रेरणा महिला समुह स्युचाटारसँग समन्वय गरी यस अघि विभीन्न समयमा गरीब परिवारलाई लत्ता कपडा वितरण गर्नुभएको थियो । यस अघि मनहरी ६ र ९ नं वडामा ७ सय मानीसहरुलाई लत्ता कपडा वितरण गरीएको उहाँले बताउनुभयो । ग्रांमीण भेगका विद्यार्थीहरु शैक्षीक सामाग्री अभावका कारण पठन पाठनबाट वञ्चीत हुने वातावरण श्रृजना नहुन उक्त सामाग्री वितरण गरीएको थापाको भनाई छ । आगामी दिनमा पुन ः समन्वय गरी आवश्यकता अनुसार सहयोग गर्ने उहाँले बताउनुभयो ।

शैक्षीक सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ दिव्यश्वरीका प्रेसीडेन्ट विनोद श्रेष्ठ , प्रेरणा महिला समुह स्युचाटारका अध्यक्ष सीर्जना सुवेदि , ४ नं वडा सदस्य तथा कार्यपालीका सदस्य मिरा खत्री , पशुपती माविका प्रधानाध्यापक भानुभक्त आचार्य लगायतको उपश्थीती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button